Logo
Logo

प्राइम बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. चित्रकार नियुक्त


1.2k
Shares

काठमाडौं । प्राइम बैंकको सञ्चालकमा प्रा.डा. तारादेवी चित्रकार नियुक्त भएकी छन् । प्राइम बैंकको हालै बसेको सञ्चालक समितिको ४५५औँ बैठकले प्रा.डा. चित्रकारलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

नेपाल विद्याभूषण ‘क’बाट विभूषित, व्यवस्थापन विषयअन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरेकी चित्रकार त्रिभुवन विश्वविद्यालयअन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरिरहेकी थिइन् ।

उनका विभिन्न शोधमूलक लेख रचना प्रकाशित छन् भने सामाजिक क्षेत्रमा समेत सक्रिय थिइन् ।

त्यस्तै बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट रु. १ अर्ब ६६ करोड ९७ लाख ४० हजार आठ सय (प्रति शेयर ८.९५ प्रतिशतका दरले) लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये प्रतिशेयर ४ प्रतिशतका दरले बोनस शेयर र प्रतिशेयर ४.९५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।

प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात प्रदान गरिने बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्