Logo
Logo

वलिउड अभिनेता विवेक ओवरायद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण



काठमाडौं । वलिउड अभिनेता विवेक ओवरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन् । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवारसहित केबलकारको भ्रमण गरेका हुन् ।

परिवारसहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदिदेखि साराङ्कोटसम्म यात्रा गरेका हुन् । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दूश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए ।

अभिनेता ओवरायलाई अन्नपूर्ण केबुरकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गरेका थिए । करिब एक वर्षअघि पोखराको सेदिदेखि साराङ्कोटसम्म सञ्चालनमा आएको अन्नपूर्ण केबरलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि आकर्षक गन्तब्य बनेको छ ।

केबुलकार बिहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुदाँ साराङ्कोटबाट सूर्याेदय हेर्न जाने पर्यटकहरुका लागि समेत थप सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्