Logo
Logo

क्रिकेटर सन्दीपलाई थपियो संकट



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालतले फास्ट ट्रयाकमा सुनुवाईको तयारी गरेको छ । मुद्दाका सबै प्रक्रिया टुंगाएर फैसलाको तयारी भइरहेको जिल्ला अदालत, काठमाडौं स्रोत बताउँछ ।

छिटो फैसला आएपनि सन्दीपलाई कुनै सुखद अपेक्षा छैन । किनकि, पीडित युवतीले जाहेरीमा भन्दा चर्काे बकपत्र अदालतमा गरेकी छिन् । जसकारण सन्दीपले सफाई पाउने सम्भावना देखिएको छैन ।

गत २० असोजदेखि सन्दीप थुनामा छन् । करिब एक महिना प्रहरी हिरासतमा बसेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाएको छ । केन्द्रीय कारागारमा उनी थुनामा छन् ।

अदालतले दुवै पक्षका साक्षीहरुको समेत बकपत्र गरिसकेको छ । जसमा सन्दीपको पक्षमा फैसला आउने प्रमाणहरु भेटिएका छैनन् । एउटा सकारात्मक पक्ष भने पीडित किशोरी १८ वर्ष उमेर पुगिसकेको कागजपत्र भने नुवाकोटको स्थानीय तहबाट अदालतमा पुगेको छ ।

युवतीको नागरिकताको उमेरका आधारमा उनी १८ वर्ष पुगेको देखिदैन । तर, जन्मदर्तामा भने उनी १८ वर्ष पुगेको देखिएको छ । यसका आधारमा सन्दीपलाई केही सजाय कम हुन सक्ने तर सफाई पाउने सम्भावना भने कम देखिएको एक कानून व्यवसायी बताउँछन् ।

गत ५ भदौमा पिंगलास्थानको एक होटलमा बलात्कार भएको दाबी गरिएको छ । एक युवतीसँग होटलमा बसेको सन्दीपले पनि स्वीकार गरिसकेका छन् । तर, सम्बन्ध नभएको उनको दाबी छ ।

त्यसको भोलिपल्टै सन्दीप क्रिकेट खेल्न विदेश गएका थिए । विदेश गएपछि वास्ता गर्न छाडेका कारण पीडित किशोरी रिसाएर प्रहरीमा उजुरी दिएको प्रहरी अनुसन्धानमा देखिएको छ । बलात्कारको घटनामा एक वर्षसम्म जाहेरी दिन सक्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्