Logo
Logo

एनएमबि बैंकको ‘अपन एनएमबि बचत खाता’


0
Shares

काठमाडौं । मधेस प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्य लिएर एनएमबि बैंकले ‘अपन एनएमबि बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने गरी नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

यो खातामा उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरो सेयर, आस्बा सेवालगायत अन्य थुप्रै सुविधा प्रदान गर्ने जनाएको छ ।

ग्राहकलाई उत्कृष्ट सेवा दिएकै कारण बैंकले दी फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंकले जनाएको छ । त्यस्तै, सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर नेपाल’ प्राप्त गरिसकेकको बैंकले उल्लेख गरेको छ ।

बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्