Logo
Logo

प्राइम बैंकले दियो क्यान्सर केयर फाउन्डेसनलाई उपकरणजडित भ्यान


378
Shares

काठमाडौं । प्राइम बैंकले क्यान्सर परीक्षणका लागि आवश्यक उपकरणजडित मोबाइल भ्यान नेपाल क्यान्सर फाउन्डेसनलाई हस्तान्तरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई भ्यान हस्तान्तरण गरेका छन्  ।

अध्यक्ष श्रेष्ठले भने– ‘हाम्रो देशमा पनि दुर्गम गाउँ तथा कुना कन्दराको त के कुरा, सहरका टोलटोलमा समेत पहिला नै आवश्यक नियमित जाँच गर्ने प्रचलन छैन । यसले गर्दा कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था भोगिरहेको यहाँहरूलाई जानकारी नै छ । गाउँ तथा सहरी क्षेत्रका पनि महिला, विशेषगरी स्तन र पाठेघरको क्यान्सर, अझ बढी जोखिममा रहेका छन् । बैंकको यो सानो सहयोगले हाम्रा आमा, दिदी, बहिनीलाई हुनसक्ने क्यान्सर रोगको समयमै निदान गर्ने र समयमै उपचार गर्न सहयोग गर्दा जनधनको क्षतिमा न्यूनीकरण गर्नसम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’

गाउँ तथा सहरी क्षेत्रका महिलाहरू विशेष गरी स्तन, पाठेघरलगायतका क्यान्सरपीडित रहेका छन्  । नेपाल क्यान्सर केयर फाउन्डेसनले गाउँ तथा सहरी क्षेत्रका टोल–टोलमा पुगेर महिलाहरूको स्तन, पाठेघर र ग्रिवा क्यान्सर परीक्षणमा योगदान पु¥याउँदै आएको छ ।

सोही कारण बैंकले परीक्षण थलोमा नै परीक्षण गर्न परीक्षण सामग्रीयुक्त मोबाइल भ्यान उपलब्ध गराउने निर्णय गरेको बैंकका अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो यो सानो सहयोगले क्यान्सर रोगको समयमै निदान गर्ने र आवश्यक उपचार गर्ने काममा सम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ ।’

वाणिज्य बैंकहरु नाफामूलक संस्थाहरु हुन् । प्राइम बैंक पनि यस उद्देश्यबाट अलग छै्रन । तथापि यो बैंक सेवा सञ्चालनका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने शैली तथा तौरतरिकामा छुट्टै पहिचान बनाएर अगाडि बढिरहेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्