काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि (२०७९ पुस ७ गतेदेखि ९ गतेसम्म) ‘गोसाइँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताका लागि कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई कम्पनीले काठमाडौँ बूढानीलकण्ठबाट हेलिकोप्टरमा गोसाइँकुण्डको भ्रमण गराएको हो ।
भ्रमणपूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्तालाई सफल भ्रमणको शुभकामना दिँदै यस प्रकारको भ्रमणले अभिकर्ताहरुको मनोवल वृद्धि भई कम्पनीको व्यवसायसमेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।
देशैभरिबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनोट भई भ्रमण कार्यक्रममा सहभागी हुन सफल करिब दुई सय जना अभिकर्तालाई उनीहरूको अथक परिश्रम र मेहेनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरेका थिए ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।












