काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहारा एकेडेमी पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई विगतमा गरिरहेको सहयोगलाई निरन्तरता दिँदै आर्थिक सहयोग स्वरुप रु २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ ।

बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे । सिग्देलले सहारा एकेडेमीमा आश्रित बालबालिकालाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।
बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका मुख्य प्रबन्धक तथा बजार व्यवस्थापन विभाग प्रमुख दीपक खनाल, छोरेपाटन शाखाका प्रबन्धक प्रकाशचन्द्र पहारी, न्यूरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, लेकसाइड शाखाका प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ, महेन्द्रपुल शाखा प्रबन्धक गोपिराज अधिकारी, क्लबका निवर्तमान अध्यक्ष केशवहादुर थापा र पूर्वअध्यक्ष विक्रम थकालीलगायत सरोकारवालाको उपस्थिति थियो ।
एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । सहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि दश गुणासम्म हुने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको जनाइएको छ ।












