Logo
Logo

श्रीलाभको ११औँ वार्षिक साधारणसभा सम्पन्न


6.3k
Shares

काठमाडौँ । श्रीलाभ बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष ओमप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन प्रमख अतिथि पूर्व शिक्षामन्त्री एवं काठमाडौँ–९ बाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले गर्नुभएको थियो ।

संस्थाका सचिव होमनाथ दंगालले सञ्चालन गरेको उदुघाटन समारोहमा विशिष्ट अतिथि नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल, अतिथिहरु बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष ठाकुरप्रसाद बाँस्कोटा, द्रव्यलाभका अध्यक्ष भक्त पराजुलीले श्रीलाभको साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा रु तीन करोड ११ लाख ५४ हजार दुई सय सेयर पूँजी पु¥याएको छ । संस्थाको आज सम्पन्न ११ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष उप्रेतीले गत आवमा रु ३६ लाख २७ हजार सेयर पूँजी वृद्धि गरेको जानकारी दिनुभयो ।

संस्थाले रु १५ करोड ४५ लाख ६२ हजार ४२ बचत गरी रु १७ करोड ५० लाख ८८ हजार पाँच सय ६६ ऋण लगानी गरेको छ । गत वर्षको तुलनामा रु ५२ लाख ९६ हजारले घटेको छ भने ऋण लगानी रु ५६ लाख ४० हजारले बढाएको छ ।

सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा रु ४७ लाख ५२ हजारले बढेर रु २४ करोड ८३ लाख ९२ हजार पुगेको छ । सहकारीका छ सय ७१ शेयर सदस्यमध्ये पाँच सय २९ पुरुष र एक सय ४२ महिला सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई रु १६ लाख ४३ हजार आठ सय ६५ कर बुझाएको छ ।

संस्थाको जगेडा कोषमा रु दुई करोड पाँच लाख जम्मा गरेको छ भने ऋण नोक्सानी कोषमा रु एक करोड ४० लाख जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खूद नाफाको १० प्रतिशत रकम जम्मा गर्दै आएको छ ।

कार्यक्रममा कोषाध्यक्ष छविलाल तिमिल्सिना र लेखा समिति संयोजक जगन्नाथ खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कामनपा–२२ महाबौद्धमा सहकारीले आफ्नै भवन निर्माण गरी गत असार २९ गतेदेखि सेवा शुरु गरेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षामन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठले उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य शर्मिला सुवेदी, जीवनाथ उप्रेती ज्येष्ठ सदस्य कृष्णप्रसाद खरेल र विष्णु कार्कीलाई सम्मान गर्नुभयो । सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको सो अवसरमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्