Logo
Logo

प्रभु लाइफ इन्स्योरेन्सद्वारा बीमित परिवारलाई दाबी भुक्तानी


1.1k
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पुस २८ गते प्रभु लाइफमा रु २० लाख बीमांक रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु एक लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समयअगावै मृत्यु भएको थियो ।

प्रभु लाइफले बीमित स्व गणेश विश्वकर्माकी श्रीमती सन्तमाया मगर र निजका बुवा धनबहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमका बीच रु २० लाखको चेक हस्तान्तरण गरेको थियो । प्रभु लाइफका प्रदेश नं १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्तरूपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए ।

प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनीय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने र बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने बताए । दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयवासीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्