Logo
Logo

विवादमा भुवन केसी



काठमाडौं । विदेशमा सांस्कृतिक कार्यक्रमका नाममा मानव तस्करी गर्ने प्रवृत्ति फस्टाएको छ । यस्तो घटनामा नेपाल प्रहरीदेखि चलचित्र विकास बोर्डसम्मको भूमिका शंकास्पद देखिएको छ ।

हालै अष्ट्रेलियामा विभिन्न समूहले दर्जनौं व्यक्तिलाई त्यहाँ कलाकारसँगै पु¥याएका थिए । मेकअप आर्टिस्ट तथा सहयोगीका नाममा कलाकारसँगै अन्य व्यक्तिलाई विदेश लगिएको थियो । अष्ट्रेलियामा पुगेका कलाकारहरुले नै त्यो विषयमा प्रश्न उठाएपछि त्यहाँ हंगामा भएको थियो ।

बाबा एजुकेसन नामक कन्सलटेन्सीले पनि यस्तो धन्दा चलाउँदै आएको छ । विभिन्न मेला तथा सांस्कृतिक कार्यक्रमका नाममा सो संस्थाले पटक पटक कलाकार अष्ट्रेलिया लैजाने गरेको छ । कलाकार भनेपछि दूतावासले सजिलै भिसा दिने र सांगितिक टिमका नाममा अनेक व्यक्तिलाई अष्ट्रेलिया, जापानलगायत देशमा लैजाने गरिएको छ । त्यसरी पुगेका व्यक्तिहरू त्यहाँ पुगेर अवैध रुपमा बस्ने गर्दछन् । त्यसवापत उनीहरूले २० लाख रुपैयाँसम्म त्यस्ता कम्पनीलाई दिने गरेका छन् ।

विदेशमा सांस्कृतिक कार्यक्रम तथा अवार्डका नाममा मानव तस्करी गर्ने सूर्य इन्टरनेशनल प्रालिलाई त चलचित्र विकास बोर्डले हालै ३० लाख रुपैयाँ सहयोग गरेको छ । सो कम्पनीले कलाकारसँगै विदेश पठाइदिने भन्दै ठगी गरेको उजुरी बैदेशिक रोजगार विभागमा परेको थियो ।

विभागले उनको कम्पनीमा छापा हानेर पासपोर्टहरू बरामदसमेत गरेको थियो । पछि पक्राउ पर्ने भएपछि पैसा फिर्ता गरेर केस मिलाएका थिए । त्यस्तो संस्थालाई बोर्डका अध्यक्ष भुवन केसीले आर्थिक सहयोग गरेपछि कलाका नाममा हुने मानवतस्करी संस्थागत हुने जोखिम बढेको छ ।

फिल्म सुटिङका नाममा अमेरिकी मानवतस्करी गर्ने सुदर्शन गौतम त इन्टरपोलको मोष्ट वान्टेडमा छन् । उनी त्यसयता क्यानाडाबाट नेपाल आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्