Logo
Logo

सेन्चुरीको ‘बुढी रैछ चालू’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असोज । -यापर गायक नेक्टर सेन्चुरीको नयाँ गीत सार्वजनिक भएको छ । ‘बुढी रैछ चालू’ बोलको उक्त गीतमा सेन्चुरीकै शब्द, संगीत र स्वर रहेको छ ।
‘बुढी रैछ चालू’ बोलको यस गीतलाई एमएमएस इन्टटेनमेन्टले आफ्नो अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको हो । पछिल्लो समय नेपाली संगीत क्षेत्रमा -यापरहरुको संख्या बढ्दै गएको छ । -याप म्युजिकप्रति दर्शक तथा श्रोताको चासो र रुचि बढ्दै गएपछि सेन्चुरी जस्तै -यापर गायकहरुको उदय हुनेक्रम पनि बढेको हो ।
सेन्चुरी बिट्स प्रोडक्शनले तयार गरेको यस भिडियोको कन्सेप्ट पनि गायक सेन्चुरीकै हो । भिडियोमा लक्ष्मी, प्रियंका, कविन र गायक सेन्चुरीकै अभिनय रहेको छ । यस भिडियोलाई सुशान्त सिम्खडाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्