Logo
Logo

चीन स्थापना दिवशमा विभिन्न व्यक्तित्वलाई बेइजिङमा सम्मान


- दृष्टि न्युज/संवाददाता


बेइजिङ, १२ असोज (एएफपी) । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गरे । मानार्थ उपाधि प्राप्त गर्नेहरुमा एक जना पूर्वफ्रान्सेली प्रधानमन्त्री समेत छन् ।
चीनमा कम्युनिष्ट शासन शुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो । चीनको राजधानी बेइजिङमा मंगलबार औपचारिक रुपमा व्यापक सैन्य परेड पनि आयोजना हुनेछ ।
पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताए ।

पुरस्कृत हुनेमा क्यानाडाकी इसाबेल क्रूक एक सय वर्ष नाघेकी मानवशास्त्री हुनुहुन्छ । उहाँ सन् १९१५ मा जन्मनुभएको हो । उनी सन् १९४९ मा चीन गणतन्त्र स्थापना हुनुअघि चीनमा बस्थे । चीनको चेङ्दुमा जन्मनु भएकी इसाबेलले चीनको शिक्षा क्षेत्रको विकासमा विशिष्ट योगदान गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
फ्रान्सका पूर्वप्रधानमन्त्री जाँ–पियरे राफारिनलाई पनि ‘चीनका पुराना मित्र’ का रुपमा सम्मान गरिएको छ । सिन्ह्वाका अनुसार चीन–फ्रान्स मित्रता प्रबद्र्धनमा उनले विशेष सहयोग गरेका थिए । यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेहरुमा क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहेका छन् । समारोहमा कूल ४२ जना पुरस्कृत भएका छन् । तर समारोहमा २९ जना मात्र सहभागी भएका थिए ।
उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्