Logo
Logo

‘विश्व मुटु दिवस’को अवसरमा नर्भिकमा नयाँ क्याथ ल्याब सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलले एक विशेष समारोहबीच नवजडित क्याथ ल्याव सेवाको उद्घाटन गरेको छ । विश्व मुटु दिवसका अवसर पारेर शनिबार कवि÷गीतकार तथा नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीले सो सेवाको उद्घाटन गरेका हुन् ।
नयाँ क्याथ ल्याव नर्भिकले सन् २००० को अगस्ट महिनामा जडान गरेको राष्ट्रकै पहिलो क्याथ ल्यावपछिको तेस्रो पुस्ताको क्याथ ल्याव हो यो । उक्त ल्यावमा अत्यन्तै नयाँ सुविधा र प्रविधिले सुसज्जित भएको हुँदा मुटुका रक्तनली हातखुट्टाका रक्तनली र मुत्रप्रणालीका रक्तनली आदिको इन्टरभेन्सन्स् सुरक्षित छिटो र छरितो गर्न सकिनुका साथै न्युरो नेभिगेसनमा समेत अत्यन्त भरपर्दो हुने जनाइएको छ ।
नर्भिकले विविध कार्यक्रमका साथ शनिबार नै विश्व मुटु दिवस मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्