Logo
Logo

महाराजगञ्जमा खुल्यो डिसिटी फेसन हाउस, भाडामा समेत पाइने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असोज । महाराजगञ्जस्थित अमेरिकी दूतावाससँगै डिसिटी फेसन हाउस सञ्चालनमा आएको छ । उक्त फेशन हाउसको उद्घाटन गायिका प्रबिशा अधिकारी , बानिका प्रधान, शिला बिष्ट, संगीत संयोजक किरण कँडेल, मदनकृष्ण श्रेष्ठलगायतको उपस्थितिमा गरिएको छ ।
आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ लामो समय विदेशमा बसेर सिकेको सिप र अनुभवलाई प्रयोग गर्दै ज्यासमिन गुरुङ, बिमला गुरुङ र दीप सुन्दासले संयुक्त लगानीमा उक्त फेशन हाउस सुरु गरेका हुन् ।
उक्त फेशन हाउसमा पुरुष, महिला तथा बालबालिकाका लागि गुणस्तरीय ब्रान्डेड लुगा उपलब्ध हुनेछन । ब्राइडल डिजाइनर वेयर, ब्राइडल मेकअप सम्पूर्ण सेवा यहाँ पाइने उक्त फेसन हाउसमा गुणस्तरीय र आकर्षक लुगाहरु भाडामा समेत उपलब्ध हुने बताइएको छ ।
सामाजिक सेवामा समेत सक्रिय सञ्चालक समूहले आफ्ना लागि मात्र होइन अरुका लागि पनि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भइ महिला जागरण र सशक्तिकरणका निम्ति फेशन हाउस संचालन गरेको एक सञ्चालिकाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्