Logo
Logo

चलचित्रकर्मीको रोजाइमा पर्दै अनिता (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असोज । चलचित्र तथा मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी अनिता गिरि यसै क्षेत्रमा स्थापित हुन चाहन्छिन् ।
मोडलिङ सुरु गरेको एक बर्षभित्रै चार चलचित्र र आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्न भ्याइसकेकी उनी अहिले चलचित्रकर्मीको रोजाइमा पर्न थालेकी छन् । अनिता भन्छिन्, ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’


मोडलिङ क्षेत्र ह“ुदै चलचित्रमा नायिका बनेकी अनिताले दर्जनौ“ फेसन शोहरुमा समेत आफ्नो कला कौसल प्रदर्शन गरिसकेकी छन ।
अभिनय तथा नृत्यमा पोख्त नायिका गिरि सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनको आकर्षण हो । उनी मिहिनेतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउ“दै सिने नगरी तथा मोडलिङमा स्थापित हुन चाहन्छिन् ।


खोटाङ सिम्पानीकी अनिताले काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी छन् । अनिता भन्छिन्, ‘यदि अन्य राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा अभिनय गर्न तयार छु ।’
सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनिता गिरि अभिनयमा पोख्त छिन् । अनिताले भनिन्, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्नेछु ।’

प्रतिक्रिया दिनुहोस्