Logo
Logo

अवार्ड दिलाइदिने नाममा ‘ब्ल्याकमेलिङ’ गरेपछि निलम्बित (विज्ञप्तिसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असोज । अमेरिकामा हुन गइरहेको ‘वल्र्ड नेपाली म्युजिक अवार्ड’का महासचिव तथा कलाकार संघ युएसएका अध्यक्ष सुमन बुढालाई पदबाट निलम्बन गरिएको छ ।
अवार्ड दिलाइदिने नाममा आफुलाई पटक–पटक इमोसनल ब्ल्याकमेलिङ गरेको र सेक्सुअल हेरायसमेन्ट समेत गरेको कलाकार छिरिङ डोमा शेर्पा उर्फ जेन्निफरले अरोप लगाएपछि अध्यक्ष बुढालाई निलम्बन गरिएको बताइएको छ ।
अवार्ड आयोजक संस्था वल्र्ड कनेक्शन युएसए इन्कले विज्ञाप्ति जारी गर्दै संघका वर्तमान अध्यक्ष बुढालाई निलम्बन गरेको जनाएको हो । वल्र्ड कनेक्शन युएसए इन्कका उपाध्यक्ष दावा शर्पा र फेदर क्रियशनका निर्देशक सुरज राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अवार्ड कार्यक्रमको व्यवस्थापकका रुपमा तपाइँ श्री सुमन बुढालाई अवार्डको मूल समारोह समितिबाट निलम्बन गरिएको छ ।’ अवार्डसँग जोडिएर गम्भीर आरोप लागेपछि उनलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि कलाकार छिरिङ डोमा शेर्पाले आफुलाई टप तीनमा पु¥याउने तर त्यसका लागि हेलिकप्टरमा मनाङ र पोखरा होटलमा बस्नका लागि लगायतका दवाव दिएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्