Logo
Logo

राष्ट्रपति भण्डारीबाट आभार व्यक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङको ऐतिहासिक भ्रमण सफल पार्न सहयोग गर्ने सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बुधबार म्यान्मारको औपचारिक भ्रमणमा निस्कनुअघि ट्विट गर्दै राष्ट्रपति सीको राजकीय भ्रमण सफल बनाएकामा नेपाली दाजुभाई तथा दिदीबहिनी, सुरक्षा अंग, आमसञ्चार र सम्बद्ध सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त भ्रमणबाट जनतामा देखिएको खुसी र उत्साह साकार पार्न आफ्नो अनवरत प्रयास हुने उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्