Logo
Logo

भुवन श्रोतामाझ आए ‘आफ्नो ठानेर’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ कातिक । हाल अमेरिकामा रहेका गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा नयाँ गीत ‘आफ्नो ठानेर’ सार्वजनिक भएको छ । गायक राईले उक्त गीतलाई अमेरिकाबाटै यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा चर्चित गायक राजेशपायल राईको स्वर रहेको छ । सन्देश सोङमेन राईको शब्द रहेको ‘आफ्नो ठानेर’ गीतलाई संगीतकार तथा गायक भुवनले मेलोडियस बनाएका छन् । अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका गायक भुवनको यो पछिल्लो गीत हो । केही समयअघि मात्र पनि गायक भुवनको संगीत र बानिका प्रधानको स्वरमा एउटा गीत सार्वजनिक भएको थियो ।
गायक हुँदै संगीतकार बनेको भुवन सुप्तिहाङ राईले २५० भन्दा बढी गीतमा स्वर तथा संगीत गरिसकेका छन् । नेपाली गीतसंगीत क्षेत्रमा व्यस्तता र चर्चा बटुलिरहेका बेला अमेरिका उडेका गायक भुवनले त्यसयता पनि आधा दर्जनभन्दा बढी गीत ल्याइसकेका छन् । गीतसंगीतलाई ‘प्यासन’का रुपमा लिएका गायक राईले नयाँ गीत सावजनिक गर्दै भने, ‘जहाँ, जता रहेपनि म नेपाली गीतसंगीतसँगै जोडिएको हुनेछु ।’ यसपटक उनले ‘आफ्नो ठानेर’लाई लिरिकल भिडियोमा सार्वजनिक गरेका हुन् । अमेरिकाको व्यस्त जीवनशैलीसँगै सार्वजनिक गरिएको आफ्नो नयाँ गीतलाई दर्शक÷श्रोताले रुचाइदिनेमा गायक तथा संगीतकार भुवन आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्