Logo
Logo

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


- दृष्टि न्युज/संवाददाता


File Photo

काठमाडौं, २ कातिक । ६ महीनादेखि माथि र पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज शनिबार र आइतबार खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले जानकारी दिए । जुकाका औषधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई खुवाइने तयारी भएको हो ।
भिटामिन ‘ए’ प्रदेशभरिमा चार लाख ४२ हजार ८०२ लाई र जुकाको औषधि तीन लाख ८९ हजार ९३३ लाई खुवाउन आठ हजार ९७० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्