Logo

दर्शक लोभ्याउँदै ‘लभ यु हमेशा’ (ट्रेलरसहित)


Published On : 20 October, 2019

काठमाडौं, ३ कार्तिक । त्रिकोणात्मक प्रेमकथानकफिल्म ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिक २२ गते देशभर र त्यसभन्दा एक साताअघि अर्थात १५ कार्तिकमा इन्डियामा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् ।
प्रदर्शन मिति नजिकँदै जाँदा ‘लभ यु हमेशा’ले दर्शकमुखी कार्यक्रम सुरु गरेको छ । फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स सिनेमा घरमा पुगि दर्शकलाई बिभिन्न खेल खेलाउँदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकीत कप, पेन तथा डायरी प्रदान गरिरहेका छन् ।
दर्शक साक्षात्कार कार्यक्रम मंगलबार चावहिलस्थित गोपी कृष्णहलबाट सुरु गरिएको हो । फिल्मका प्रमुख अभिनेता यशराज गरच, अभिनेत्री फिजा योन्जन, ऋचा थापा तथा हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ले दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।
कलाकारको टोली शुक्रबार कमलपोखरीस्थित बिग सिनेमामा पुगेर दर्शकसँग खेल खेल्दै फिल्मको प्रचार गरेको थियो । निर्देशक प्रधानकै लेखन रहेको फिल्मलाई यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सह निर्माता रहेको फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’को फ्रेम राख्नेमध्ये हरेक हप्ता एक जना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ । फिल्म प्रदर्शन भन्दा दुई साताअघिबाट दैनिक रुपमा फेसबुक तथा टिभी लाइभ शोमार्फत उपहार बिजेता सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ ।
धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमिला राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्