Logo
Logo

राष्ट्रपति भण्डारी जापान प्रस्थान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ कातिक । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमण पूरा गरी आज आइतबार जापान प्रस्थान गरेकी छन् ।
थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । उनी जापानी सम्राटको राज्याभिषेकमा सहभागी हुन त्यसतर्फ लागेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई यांगुुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, यांगुुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यान्माको लागि नेपाली राजदूत भीमकृष्ण उदासलगायतले बिदाइ गर्नुभयो । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्