काठमाडौं । पहिचान पक्षधरहरुले काठमाडौंस्थित टेकु प्रहरी कार्यालय परिसरमा विरोध प्रदर्शन गरेका छन् । प्रहरीले कवि तथा लेखक भद्रगोल किरातीलाई शनिवार ललितपुरको सातदोबाटोस्थित उनकै निवासबाट पक्राउ गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदेश मन्त्री वुद्दिकुमार राजभण्डारीको घरमा कालो झण्डा गाडने र शुक्रबार सिहदरवार भित्र कोशी प्रदेश नामकरणको बिरुद्दमा कविता बाचन र कोशीको पम्प्लेट जलाएको बिषयमा प्रहरीले किरातीलाई पक्राउ गरेपछि पहिचान पक्षधरका विभिन्न संग, संगठनहरुले विरोध जनाएको छ ।
उनीहरुले टेकु प्रहरी कार्यालय अगाडी कोशी प्रदेश मुर्दावाद, वुद्दिकुमार राजभण्डारी मुर्दावाद, किरात लिम्बुवान जिन्दावाद, भद्रगोल किरातीलाई रिहा गर जस्ता नाराहरु लगाएका थिए । प्रहरी कार्यालय अगाडी आन्दोलनकारीहरुले नाराजाजी गरेपछि कोणशभा समेत गरेको थियो ।
उनीहरूले किरातीलाई झुटो मुद्धा लगाएर फसाउने षडयन्त्रका साथ जानकारी नै नदिई पक्राउ गरिएको भन्दै रिहा नगरे आन्दोलन झनै चर्काउने बताएका छन् । कोणसभामा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता आङदावा शेर्पाले पक्राउ परेका किरातीलाई आजै रिहा गर्नेबारे गृहमन्त्रीसँग छलफल भइरहेको जानकारी दिईन् ।

प्रदेश नं १ को नाम कोशी राखिएपछि किराती साहित्यिक क्षेत्रबाट सशक्त ढंगले लाग्दै आएका थिए । सुक्रबार किरातीले काठमाडौंस्थित सिंहदरबार भित्र प्रधानमन्त्री कार्यालय नजिकै कोशी नामविरुद्ध कविता वाचन र कोशी नाम लेखिएको प्ले कार्ड जलाएका थिए ।
इतिहास, पहिचान, भूगोल र संस्कृतिको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गरिनुपर्ने, पहिचानको आन्दोलनमा मारिएका सहिद लाजेहाङको सम्मानको लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय नजिकै ‘श्री ३ महाराजका भेडाहरु’ शीर्षकको कबिता वाचन गरेका थिए । किरातीको कबिता पहिचान विरोधी कोशी नाम राख्ने विभिन्न पार्टीका र्शीर्ष नेताहरु र बुझेर, नबुझेर हस्ताक्षर दिने प्रदेश सांसादहरुलाई ब्याङ्य गरिएको छ ।
किरातीले सोही कविता चैत्र २ गते १ नं. प्रदेश सभाको गेट अगाडी आयोजित ‘पहिचानको लागि सडक साहित्यिक यात्रा-२०७९’ र ५ गते विराटनगरमा भएको बृहत जनप्रदर्शनमा पनि वाचन गरेका थिए ।
चैत्र २ गते १ नं। प्रदेश सभाको गेट अगाडी आयोजित ‘पहिचानको लागि सडक साहित्यिक यात्रा-२०७९’को उद्घाटन कार्यक्रममा साहित्यकार तथा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, पत्रकार संजय याक्खालाई प्रहरीले पक्राउ गरेर केही घण्टा राखेका थिए ।
किरात राई लेखक संघ र याक्थुङ लेखक संघको संयुक्त आयोजनामा भएको ‘पहिचानको लागि सडक साहित्यिक यात्रा-२०७९’को योजना स्वयम भद्रगोल किरातीले ल्याएका थिए । सो साहित्यिक यात्रा प्रदेश १ को १४ जिल्लाको जिल्ला प्रशासन कार्यालय अगाडि गर्ने घोषणा गरिसकेका छन् ।
उनलाई पक्राउ परे लगतै चौतर्फी विरोध भइरहेको छ । भद्रगोल किरातीको तुरुन्त रिहाइको माग गर्दै देशलाई भिडन्ततिर लानुभन्दा कोशी नाम खारेजी गरेर शान्ति र संमृद्धितिर लाग्नुपर्ने पहिचान पक्षधरका नेताहरुको भनाई छ ।
यो पनि पढ्नुहोस्











