Logo
Logo

एभरेष्ट बैंकले इसुजु गाडी किन्न कर्जा दिने


441
Shares

काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कुलबस, रुटबस, ट्रक, टिपर आदिमा लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमार तथा लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेसन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार एसएमल इसुजुका ग्राहकहरूले २०८० बैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने जनाइएको छ । लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कार, बीएमडब्लू कारको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो ।

लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरू र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक वितरक भई कार्य गर्दै आएको छ ।

एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्सियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिपर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मुल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ ।

साथै, यस्तो कर्जा बढिमा ७ बर्ष सम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका विजनेस हेड सञ्जय खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्