Logo
Logo

राष्ट्रपति पौडेल डिस्चार्ज, आजै स्वदेश फर्कँदै


567
Shares

काठमाडौं । उपचारका क्रममा भारतमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदैछन् । राष्ट्रपति कार्यालयका अनुसार आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट पौडेल स्वदेश फर्कने कार्यक्रम छ ।

फाइल फोटो

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा अस्पतालमा उपचार भएको थियो । उनी डिस्चार्जपछि स्वदेश फर्कन लागेका ह्रन् ।

विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता सागर आचार्यले बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरूले अझ केही हप्ता आराम गर्ने सुझाव दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पेट र छातीमा समस्या देखिएपछि पौडेललाई वैशाख ६ गते दिल्ली लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्