
काठमाडौं । बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १६० खरिद गर्दा उपहारमा १–१ केजी चाँदी दिने अफर ल्याएको छ ।
कम्पनीले नेपाली बजारमा भित्रिएको २५ वर्ष पुरा गरेको अवसरमा पल्सर एन १६० खरिद गर्दा २५ जनालाई १–१ केजी चाँदी दिने योजना ल्याएको हो । यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ ।
बजाजको यो बिल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड गियरबक्स छ । यो बाइकमा आकर्षक डिजाइन, मस्कुलर बडी, युनिक हेडल्याम्प, नयाँ डिजाइनको एग्जस्ट जस्ता फिचरहरु छन् ।
बजाजले पल्सर एन १६० ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ। साथै, आइब्रो डिजाइनमा एलइडी डे टाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्क्रिन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्यांकी छ ।
कम्पनी ल्याएको २५ प्रतिशत डाउन पेमेन्ट स्कीममा एन–१६० किन्दा सुरुमा ९६ हजार ७ सय २५ रुपैयाँ तिरे हुन्छ । उक्त बाइकको मूल्य ३ लाख ८६ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।












