काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ६८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको एक समारोहमा हिमालयन बैंकलाई सम्मान गरेको छ ।

केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंकलाई सम्मान गरेको हो ।
सो समारोहमा सम्मानस्वरुप नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेकाछन् । हिमालयन बैंकले आ.व. २०७८/०७९ मा देशमा भित्रिएको कुल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएको थियो ।
करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा ‘हिमालरेमिट’मार्फत ग्राहकलाई समयानुकूल सेवा-सुविधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ । बैंकले संसारभरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जालमार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ ।












