Logo
Logo

एनआईबीएल एस क्यापिटल र एच मेडिकलबीच सम्झौता



काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिक प्रा.ली. बीच सम्झौता भएको छ ।

एनआईबीएल सहभागीता फण्डमा ‘Corporate Payroll SIP’ मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ सम्झौता भएको हो । उक्त सम्झौतामा एच मेडिकलका तर्फबाट कम्पनीका प्रमुख मदन अर्याल र एनआईबीएल एस क्यापिटलका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

यस योजना अन्तर्गत, एच मेडिकलका विभिन्न तहका कर्मचारीहरुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्