Logo
Logo

सिटिजन्स बैंक र अन्नपूर्ण केवल कारबीच सम्झौता



काठमाडौं । सिटिजन्स बैंक र पोखराको अन्नपुर्ण केवल कारबीच सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले अन्नपूर्ण केवलकारमा २५ प्रतिशतसम्मको विशेष छुट पाउने छन् ।

यस्तै, पोखरा स्थित सिटिजन्स बैंकका शाखाहरुमा नयाँ खाता खोल्नुहुने ग्राहकहरुका लागि अन्नपुर्ण केवल कारको टिकट निःशुल्क उपलब्ध हुने छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्