Logo
Logo

प्राइम लाइफको नयाँ बोनस दर जारी



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर जारी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनस दर निर्धारण गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को वित्तीय लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट वैशाख २४ गते स्वीकृत भएपछि कम्पनीले नयाँ बोनस दर जारी गरेको हो ।

कम्पनीको नयाँ बोनसदरमा बीमितले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँ पाउने छन् । सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्ष देखि १९ वर्षसम्मको लगि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ भन्दा माथिको अवधिलाई ७२ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

सावधिक तथा आजीवन बीमालेखमा ९ वर्षसम्मका लागि ३६ रुपैयाँ, १०/१४ वर्षका लागि, ४५ रुपैयाँ, १५/१९ वर्षका लागि ५० रुपैयाँ, २०/२४ वर्षसम्मका लागि ५७ रुपैयाँ र २५ र सोभन्दा माथिको अवधिका लागि बोनस दर ७५ रुपैयाँ रहेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १०/१४ वर्ष अवधिका लागि ६० रुपैयाँ, १५/१९ वर्षका लागि ६८ रुपैयाँ, २०/२४ वर्षसम्मका लागि ७५ रुपैयाँ र २५ वर्षभन्दा माथिको अवधिका लागि ९० रुपैयाँ बोनस कायम गरेको छ ।

प्राइम जीवन उपहार योजनाको अग्रिम भुक्तानीमा १६ वर्षको अवधिलाई ५२ रुपैयाँ र प्राइम जीवन उपहार सावधिकमा १५ वर्षको अवधिलाई ४० रुपैयाँ बोनस तोकेको छ ।

कम्पनीको अर्को बीमांकीय मूल्यांकन प्राधिकरणबाट स्वीकृत नभएसम्मका लागि आर्थिक वर्ष २०७८/७९ कै बोनस दर मृत्यु दाबी भुक्तानी, पूर्ण वा आंशिक दाबी भुक्तानी, समर्पण मूल्य दाबी भुक्तानी ,चुक्ता मूल्य दाबी भुक्तानी र चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्