Logo
Logo

विनय दाइलाई फर्केर हेर्दा


- गोविन्द भट्टराई


  • गोविन्द भट्टराई

विनयकुमार कसजू विकास पत्रकारिताका पर्याय हुन् । २०७६ मंसिर १० पछि तानसेन, पाल्पामा मात्र नभएर प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा कसजूका असल कर्महरुको स्मरण गरिएको छ । विसं २००४ असार २० गते पाल्पा, तानसेनमा जन्मनुभएका कसजू असल कर्मका कारण आफैँमा एक पूर्ण संस्थाको रुपमा स्थापित हुनुभयो । विकास पत्रकारिता र बाल साहित्यमा विशिष्ट स्थान ओगटन सफल कसजूले विविध विषयमा कलम चलाउनु भयो । कुनै बेला रुरु गाउँ पञ्चायत, रिडीको प्रधानपञ्चको रुपमा उहाँले जनसेवा समेत गर्नु भयो । सरल स्वभाव, झट्ट नरिसाउने र सोचेर बोल्ने कसजूका अनुकरणयोग्य कर्म धेरै छन् । पाल्पाबाट पत्रकारिता शुरु गरेका कसजूले आफूलाई राष्ट्रिय व्यक्तित्व बनाउन सफल भएको वरिष्ठ पत्रकार मेघराज शर्मा बताउनुहुन्छ ।

लेखक भट्टराईसँग विनय कसजू

कसजूले निरङकुश पञ्चायती व्यवस्थाको विरुद्ध पत्रकारिता गर्दा जेल पर्नुभयो । २०४० देखि २०५० सम्म प्रकाशित सत्य समाचार साप्ताहिकको सम्पादकको रुपमा कसजूले साँचो कुरा स्तम्भअन्तर्गत लेखेका सम्पादकीय अहिले पनि धेरैको मष्तिष्कमा ताजै रहेको छ । छोटा र सरल शव्द तथा बाक्यमा लेख्ने कसजू विकास पत्रकारिताका अगुवा हुनुहुन्थ्यो । विसं २०५० पुसबाट प्रकाशन शुरु गरिएको गाउँले देउराली साप्ताहिक दक्षिण एशियाकै पहिलो गाउँले पत्रिका हो । उहाँले बुधवार साप्ताहिक, हिमाल खबर पत्रिकालगायत राजधानीबाट प्रकाशित पत्रपत्रिकामासमेत स्तम्भ लेख्नुभएको थियो ।

कसजूले निरङकुश पञ्चायती व्यवस्थाको विरुद्ध पत्रकारिता गर्दा जेल पर्नुभयो । २०४० देखि २०५० सम्म प्रकाशित सत्य समाचार साप्ताहिकको सम्पादकको रुपमा कसजूले साँचो कुरा स्तम्भअन्तर्गत लेखेका सम्पादकीय अहिले पनि धेरैको मष्तिष्कमा ताजै रहेको छ । छोटा र सरल शव्द तथा बाक्यमा लेख्ने कसजू विकास पत्रकारिताका अगुवा हुनुहुन्थ्यो । विसं २०५० पुसबाट प्रकाशन शुरु गरिएको गाउँले देउराली साप्ताहिक दक्षिण एशियाकै पहिलो गाउँले पत्रिका हो । उहाँले बुधवार साप्ताहिक, हिमाल खबर पत्रिकालगायत राजधानीबाट प्रकाशित पत्रपत्रिकामासमेत स्तम्भ लेख्नुभएको थियो ।

पञ्चतन्त्र लघुकथा, पाल्पा एज यु लाइक इट, थोपाथोपा, लिस्नो जस्ता पुस्तकका लेखक कसजू पछिल्लो समय बाल साहित्यमा क्रियाशील हुनुहुन्थ्यो । समुदायमा सूचना प्रवाहका क्रममा अडियो टावरको उपयोग, तानसेन पाल्पामा स्थानीय रत्न केबुल टिभी सञ्चालन, सामुदायिक रेडियो मदनपोखरा सञ्चालन र गाउँले देउराली साप्ताहिकको प्रकाशन आरम्भमा उहाँको योगदान स्मरणयोग्य रहेको पाइन्छ । गाउँले देउराली साप्ताहिकमा २०५३ चैत्र १५ सम्म कसजू सम्पादक रहनुभयो । उहाँ काठमाडौं बसाइँ सरेपछि मेघराज शर्माले सम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । २०७१ माघ १० देखि गोविन्द भट्टराई र २०७५ फागुन १५ यता सोमनाथ अर्यालले गाउँले देउरालीको नेतृत्व गर्नुभएको छ । सूचना प्रविधिमा आएको परिवर्तनसँगै विकास पत्रकारिताको मोडल अब फेरिनुपर्छ, ग्रामीण परिवेश र प्रविधि सुहाउँदो पत्रकारितामा जोड दिन सकिएन भने बजारमा टिक्न सकिदैन भन्नु हुन्थ्यो कसजू । कसजूले पत्रकारिता मार्फत् ग्रामीण विकासका लागि लगाउनु भएको गुन अमूल्य छ । कसजू बहुआयामिक व्यक्तित्वका धनी जनता विद्यालय पाल्पाका पूर्वप्राचार्य बुद्धिप्रसाद शर्मा भन्नुहुन्छ ।

उहाँका सहकर्मी तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व क्याम्पस प्रमुख मनमोहन श्रेष्ठका अनुसार कसजू हरेक नयाँ कुराको पाल्पामा शुरुआत गर्न चाहने ब्यक्तित्व हुनुहुन्थो । सूचना प्रविधिको क्षेत्रमा उहाँको विशेष दखल थियो । सूचना आयोगको संस्थापक प्रमुख आयुक्त भएपछि ग्रामीण विकास पाल्पाको अध्यक्ष पदबाट उहाँले २०६५ जेठ ५ बाट राजीनामा दिनु भएको थियो । विगतमा प्रेस काउन्सिल नेपाल, मानव अधिकार आयोगको सल्लाहकारको रुपमा समेत उहाँले सेवा गर्नु भएको थियो । २०४८ मा १५ दिनको ग्रामीण पत्रकारिता तालिममा उहाँको लेखकीय सीप र स्वभावसँग परिचित हुने मौका मिलेको थियो । त्यसो त आँसु भट्टराईका नामबाट २०४० पछि सत्य साप्ताहिकमा विभिन्न रचना र समाचार प्रकाशन गरेर खारिने अवसर समेत कसजू र अतिथि सम्पादक मेघराज शर्माले पंक्तिकारलाई प्रदान गर्नु भएको भर्खर झै लाग्दछ । तालिमका सहभागीले प्रयास नामक सामयिक संकलन निकाल्न सफल भएका थियौ । उहाँबारे पुस्तक नै लेख्दा पनि कम हुन्छ । यहाँ त गुरु दक्षिणास्वरुप शब्द अर्पण मात्र गरेको छु । अलबिदा विनयसर ! हार्दिक समवेदना गंगा मेडम, अभिनव, दिपंकर, सरोवर अनि आफन्त तथा परिजन !! विनयकुमार कसजूबाट पत्रकारहरुले ग्रामीण विकासका लागि सञ्चारको महत्वबारे प्रेरणा लिन सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली प्रकट गरेको ठहर्ने छ ।

(निवर्तमान प्रधान सम्पादक गाउँले देउराली साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्