Logo
Logo

सी, पुटिन र पेड्रो जी-२० सम्मेलनमा सहभागी नहुने



एजेन्सी । स्पेनका राष्ट्रपति पेड्रो सान्चेज जी–२० शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी नहुने भएका हुन् ।

पेड्रो जी–२० बैठकमा सहभागी हुन भारत आउने तय भएको थियो । तर, कोरोना संक्रमणका कारण भ्रमण रद्द गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मैले स्वास्थ्य परीक्षण गरेको थिएँ, कोरोना पोजिटिभ देखिएको छ, त्यसैले म जी २०  बैठकको लागि दिल्ली जान सक्दिन । तैपनि मलाई राम्रो महसुस भइरहेको छ ।’

राष्ट्रपति पेड्रोको सट्टा अब स्पेनी उपराष्ट्रपति नादिया क्याल्भिनो, आर्थिक मामिला मन्त्री र विदेश मन्त्री अब जी २० बैठकमा सहभागी हुनेछन् । उल्लेखनीय छ कि स्पेनका राष्ट्रपति पेड्रो सान्चेज नयाँ दिल्लीमा हुन लागेको बैठकमा उपस्थित नहुने तेस्रो जी २० नेता हुन् । यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यो बैठकमा सहभागी नहुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्