Logo
Logo

युवा संघ मधेशको अध्यक्षमा लव अधिकारी चयन


1k
Shares

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । जनकपुरधाममा बिहीबार राति सम्पन्न अधिवेशनले लव अधिकारीको नेतृत्वमा ६३ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

उपाध्यक्षमा विशाल साह ‘शंकर’, सचिवमा अशोक महतो, सहसचिवमा नरुल्लाह अन्सारी र ओम प्रकाश साह र कोषाध्यक्षमा सुदर्शन काफ्ले सर्वसम्मत चयन भएका छन् ।

यस्तै युवा विज्ञ परिषद् प्रमुखमा पिन्टु कुमार यादव, साइबर सर्कल विभाग प्रमुखमा शशि दास, महिला विभाग प्रमुखमा कमला विश्वकर्मा र प्रचार विभाग प्रमुखमा सुरेशकुमार यादव चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्