Logo
Logo

प्रहरीमाथि हातपात गर्ने तीन जना समातिए


10.7k
Shares

काठमाडौं । प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा संखुवासभामा ३ जना पक्राउ परेका छन् ।

पाँचखपन नगरपालिका–७ बिहीबारे बजारमा मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेका बेला उनीहरुलाई सम्झाउने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार भएको हो ।

प्रहरीमाथि नै हातपात गर्ने पाँचखपन नगरपालिका–७ बिहीबारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाललाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्