Logo
Logo

कांग्रेस केन्द्रीय समितिमा महासमिति बैठककाे प्रस्ताव


504
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव आएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा नीति महाधिवेशनको समेत काम गर्ने गरि महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा गर्ने गरि प्रस्ताव आएको कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा महामन्त्री गगनकुमार थापाले अहिलेसम्म भइगरेका कार्यक्रमहरुको समिक्षाका बारेमा समिक्षात्मक प्रतिवेदन पेश गरेका थिए । बैठकमा पार्टीका उपसभापति समेत रहनुभएका कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

सो क्रममा खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए । संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको उनले बताए ।

बिहीबार बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखेको प्रचार बिभाग प्रमुख विश्वकर्माले बताए । कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्