Logo
Logo

इजरायलमा मृतक र घाइते नेपालीको तत्काल उद्धार गर्न ओलीको आग्रह



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायल आक्रमणमा परी ज्यान गुमाएका मृतक नेपालीको शव र घाइतेहरुको यथाशिघ्र उद्धार गर्न आग्रह गरेका छन् ।

शनिबार प्यालेस्टानी समूह हमासद्वारा इजरायलमा गरेको आक्रामणमा परि अध्ययनका लागि गएका १० नेपाली विद्यार्थीको मृत्यु भएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग सो आग्रह गरेका हुन् ।

‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ उनले भनेका छन्, ‘घाइतेको तत्काल उद्दार गर्न, बन्धक बनाइएकाहरुको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना ।’

प्रतिक्रिया दिनुहोस्