Logo
Logo

इजरायल द्वन्द : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद र सर्वदलीय बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद र सर्वदलीय बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेलगत्तै ५ बजे सर्वदलीय बैठ बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, प्राविधिक व्यवस्थापन, राहत लगायतका विषयमा छलफल गरी निर्णय गर्नेछ ।

नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणमा परि १० नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्