Logo
Logo

एकैदिन एक हजारले बढ्यो सुनको भाउ, तोलाको कति ?



काठमाडौ । नेपाली बजारमा आज (सोमबार) सुनचाँदी दुवैको भाउ उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज एकैदिन प्रतितोला एक हजार रुपैयाँले उकालो लागेको हो ।

आज छापवाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावशायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्