Logo
Logo

इजरायल युद्धः ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो



काठमाडौं । इजरायल युद्धमा हालसम्म कम्तीमा ११ सय जनाको मृत्यु भएको छ । चरमपन्थी समूह हमासको आक्रमणमा परेर ७०० इजरायली र इजरायली सेनाको आक्रमणबाट ४०० प्यालेस्टिनीको मृत्यु भएको हो ।

शनिबार जमिन, अकास र समुद्रबाट एकैसाथ हमासले अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो । इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण ठानिएको छ ।

आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हमासविरुद्ध युद्ध लडिरहेको घोषणा गर्दै निमिट्यान्न पारिने चेतावनी दिएका छन् । हमासले कैयौं इजरायली नागरिक र सैनिकलाई बन्दी बनाएको छ ।

हमासको आक्रमणपछि इजरायलले गाजापट्टी क्षेत्रमा आक्रमण गरेको छ । इजरायली सेनाले आवासीय भवनमा समेत आक्रमण गर्न थालेपछि गाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

द्वन्द्वलाई लिएर इरानले हमासको चरमपन्थी लडाकु समूह हमासलाई बधाइ दिएको छ भने इराकलगायतका मुस्लिम देशहरुले प्यालेस्टिनी नागरिकको रक्षाका लागि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्