Logo
Logo

आचारसंहिता : आफैँबाट सुरु गरौँ


- छविरमण अधिकारी


  • छविरमण अधिकारी

ऐतिहासिक अभिभारा पूरा गर्ने दायित्व बाँधमा बोकेर हिँडिरहेको प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला बलियो र अनुशासित पार्टी निर्माणमा जुटेको छ । उसका झन्डै नौ लाख कार्यकर्ता छन् । तिनलाई अनुशासनको एउटै कडीमा राख्न, सत्चरित्रवान र सामाजिक बनाउन आवश्यक ठानेर नेकपाले हालै ११ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टीको सचिवालयमा भएको छलफलका आधारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेर पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिताको सर्कुलर नै जारी गरेका छन् । सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्यविभाजन गर्नुपर्ने, अप्ठ्यारो कामको जिम्मा आफूले लिनुपर्ने नेकपाको आचारसंहितामा उल्लेख छ । परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने, कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रूपमा बन्द गर्नुपर्ने उल्लेख छ । मुलुक समाजवादउन्मुख हुँदैछ । संविधानमै समाजवादउन्मुख देश भनेर समाजवादको यात्रा तय गरिएको छ । तर, त्यस्तो यात्रा सहज भने पक्कै छैन । समाजवादको यात्रा पूरा गर्न कयौँ ठूला घुम्ती र मोड, भंगाला पार गर्नुपर्ने हुन्छ । र, ती पार गर्न सहजता पक्कै हुँदैन । त्यो यात्रा सुनिश्चित गर्न सिंगो पार्टीपंक्तिलाई समाजवादी बनाउनैपर्दछ । यथास्थितिमा नेकपाको संगठन धार भुत्ते बनिसकेको छ । त्यो भुत्ते हतियारलाई स्पातिलो बनाउन पार्टी नेतृत्वले आचारसंहिताको जेजस्तो सर्कुलर जारी गरेको छ, त्यसले केही आशा त जगाएको छ । तर, सुनिश्चित भइहाल्ने अवस्था भने छैन ।

सर्वहारा, मजदुर, किसान र गरिबका लागि खोलिएको पार्टीमा आर्थिक रूपले बलियाहरूको प्रभाव छ । नेताहरू विलासी जीवनमा रहाइरहेका छन् । बिचौलिया, दलाल, तस्करहरूसँग उठबसमा ठूला नेता रमाएको सहजै देखिन्छ । गत निर्वाचनपछि पार्टी नेतृत्व आम कार्यकर्ताको दैलोमा नपुगेको कति भयो होला ? वर्षौं भयो । आफ्ना पार्टीका आम कार्यकर्ता के खाइरहेका छन् ? कस्तो लगाइरहेका छन् ? कहाँ बसिरहेका छन् भन्ने कुरा कम्युनिष्ट पार्टीको नेतृत्वले नजिकबाट नियाल्नुपर्ने हो । तर, त्यस्तो हुन सकेको छैन । पार्टी नेतृत्व आम कार्यकर्ताको झुपडीमा जाने त कुरै छाडौँ, ऋण खोजेर दूरदराजबाट नेता भेट्न काठमाडौं आएका कार्यकर्तालाई भित्र प्रवेशसमेत बर्जित गरिन्छ । हिजो आज कम्युनिष्ट पार्टीका नेतृत्वको घरमा कार्यकर्ता भन्दा कुकुर प्यारा छन् । ठूलो घरको पर्खालसँगै कुकुरदेखि सावधान भनेर लेखिएका बोर्ड झुन्ड्याइएको हुन्छ । यस्तो अवस्था चिर्न नसकेसम्म सर्कुलरको उद्देश्य पूरा हुन सक्दैन ।

यो निर्विवाद सत्य हो कि नेकपा नेपाली इतिहासकै सबैभन्दा ठूलो पार्टी संगठन हो । नौ लाखभन्दा बढी नेता–कार्यकर्ता सामूहिक जीवन प्रणालीमा अभ्यस्त गराउन, समाजवादी संस्कृतिको आधार तयार पार्न त्यति सहज छैन । अझ खास गरी त्यस्तो अवस्थामा जहाँ पार्टी नेतृत्वकै जीवनशैली सामाजिक हुन सकिरहेको छैन । यसर्थ, पार्टी नेतृत्वले ऐतिहासिक आवश्यकता पूरा गर्ने अभिभारा बोकेको यो पार्टीलाई साँच्चिकै समाजवादी यात्रा गर्न सक्ने सामथ्र्यशाली पार्टी बनाउने हो भने सबैभन्दा पहिले आफूलाई बदल्न जरुरी छ । आफ्नो रहनसहन, जीवनशैली, उठबस, खानपान सबै बदल्न तयार हुनुपर्छ । एकपटक कल्पना गर्नोस्, गत निर्वाचनपछि पार्टी नेतृत्व आम कार्यकर्ताको दैलोमा नपुगेको कति भयो होला ? वर्षौं भयो । आफ्ना पार्टीका आम कार्यकर्ता के खाइरहेका छन् ? कस्तो लगाइरहेका छन् ? कहाँ बसिरहेका छन् भन्ने कुरा कम्युनिष्ट पार्टीको नेतृत्वले नजिकबाट नियाल्नुपर्ने हो । तर, त्यस्तो हुन सकेको छैन । पार्टी नेतृत्व आम कार्यकर्ताको झुपडीमा जाने त कुरै छाडौँ, ऋण खोजेर दूरदराजबाट नेता भेट्न काठमाडौं आएका कार्यकर्तालाई भित्र प्रवेशसमेत बर्जित गरिन्छ । हिजो आज कम्युनिष्ट पार्टीका नेतृत्वको घरमा कार्यकर्ता भन्दा कुकुर प्यारा छन् । ठूलो घरको पर्खालसँगै कुकुरदेखि सावधान भनेर लेखिएका बोर्ड झुन्ड्याइएको हुन्छ । यस्तो अवस्था चिर्न नसकेसम्म सर्कुलरको उद्देश्य पूरा हुन सक्दैन ।

नेकपाको अहिलेको नौ लाख कार्यकर्ताको स्रोत भनेका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) हुन् । नेकपा एमालेलाई फर्केर हेर्दा कुनै समय यो पार्टीको पार्टी सदस्यता प्राप्त गर्नु भनेको सबैभन्दा ठूलो गर्वको कुरा मानिन्थ्यो । वर्षौं तपस्या गरेर, खारिएर, आन्दोलनका अनेकौँ परीक्षामा खरो उत्रिएपछि मात्र पार्टी सदस्यता प्राप्त हुन्थ्यो । पार्टीले सदस्यता वितरणलाई निकै कडाइ गरेको थियो । आर्थिक, सांस्कृतिक रूपले विचलित, पार्टीका विचार, सिद्धान्तप्रति प्रतिबद्ध, निष्ठावान, सच्चरित्रवान र सामाजिक रूपमा विघटित गराएको मान्छे मात्रै सदस्य हुन पाउँथ्यो । त्यसैले तत्कालीन अवस्थामा पार्टी सदस्य हुनु सबैभन्दा ठूलो गर्वको कुरा थियो । सशस्त्र संघर्षको क्रममा केही हदसम्म नेकपा माओवादीले पनि त्यस्तै अभ्यास ग¥यो । पार्टीमा जोडिन चाहनेहरूलाई पार्टीका भातृ संगठनहरूमा जोड्ने, राजनीतिक रूपमा प्रशिक्षित गर्ने काम मात्र गरेन, कम्युनिष्ट आदर्शप्रति निष्ठावान बन्नसमेत प्रेरित रह्यो । तर, अहिले यिनै दुई पार्टीका कार्यकर्ताको फाइल खोल्ने हो भने कम्युनिष्ट विचार, सिद्धान्त, आदर्श र निष्ठामा विश्वास गर्नेहरू सहजै अल्पमतमा देखिनेछन् । सर्वहारा, मजदुर, किसान र गरिबका लागि खोलिएको पार्टीमा आर्थिक रूपले बलियाहरूको प्रभाव छ । नेताहरू विलासी जीवनमा रहाइरहेका छन् । बिचौलिया, दलाल, तस्करहरूसँग उठबसमा ठूला नेता रमाएको सहजै देखिन्छ । विदेश भ्रमण, महंगा गाडी, कपडा, हजारौका जुत्ता र घडीमा मोह जागेको छ । कार्यकर्ताले सिटामोल खान नपाउने तर, नेताहरू उपचारका लागि युरोप र अमेरिका धाउने गरेका छन् । पहुँच र शक्तिको आडमा राज्यस्रोतको दोहनमा नेकपाकै नेता संलग्न छन् । यस्तोमा केही दिनअघि जारी गरेको सर्कुलरले सबैभन्दा बढी पार्टीका माथिल्लो कमिटीमा रहेका नेतालाई नै ब्यंग्य गरेझैँ लाग्छ । तर, यति हुँदा हुँदै पनि आचारसंहिता जारी गर्नेलाई सकारात्मक नै मान्नुपर्छ । यसको कार्यान्वयन कसरी हुन्छ त्यो हेर्न भने बाँकी छ ।

यस्तो छ आचारसंहिता

प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमीक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ । यसैगरी, सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्छ । बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिक पूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ । १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ । परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ । बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनुहुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ । परिवारमा गाली–गलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्छ । चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ । परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्या्दित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।

सकेसम्म घरका सबै काम आफ्नै परिवारका सदस्यहरूको सहयोगमा सम्पन्न गर्नुपर्छ । नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्छ । सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्छ । आफूले काम गरिरहेको अवस्थामै सहयोग लिनेगरी काममा लगाउनुपर्छ । खानपिन, बस–उठ गर्दा कुनै किसिमको भेदभाव नहुने गरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्छ । बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्नुहुँदैन । पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ ।उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीहरूलाई न्यूनतम रुपमा पनि कानुनबमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।

पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्छ । घरमा सिक्ने सिकाउने उपयुक्त वातावरण सिर्जना गरी हुर्काउनुपर्छ । पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ । ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार र्पुयाएर काम गर्नुपर्छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ । समाजमा रहेका कुरिती, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न अग्रगण्य भूमिका खेल्नुपर्छ । समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँचनीच, छुवाछूत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरिती अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ । यस किसिमका दुश्कार्यबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानुनबमोजिम सँजायको भागीदार बनाउन सहयोग गर्नुपर्छ ।

झट्ट हेर्दा प्राविधिक जस्तो लाग्ने निर्णयहरू पार्टीले झेलिरहेका राजनीतिक तथा संगठनात्मक समस्याहरूको समाधानका लागि भने साँच्चै महत्वपूर्ण छन् । तर, यसको कार्यान्वयनको पाटो सबैभन्दा महत्वपूर्ण रहनेछ । र, कार्यान्वयनको परीक्षामा स्वयं नेतृत्व कति सफल हुन्छन्, त्यसमा नै आचारसंहिता, नेकपाको सांगठनिक भविष्य र कार्यकर्ताको सामाजिकिकरण निर्धारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्