Logo
Logo

एसियाली राजनीतिक दलहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : ओली


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका गम्भीर समस्या समाधान गर्न एसियाली राजनीतिक दलहरुहरुले नेतृत्वदायि भूमिका खेल्नुपर्ने बताएका छन् ।

एसियाली राजनीतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन(आइक्याप)को स्थायी समितिको चौधौं बैठक एवं एसिया–युरोप राजनीतिक मञ्चको पाँचौ बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले एसियाली राजनीतिक दलका हैसियतले विश्व आर्थिक मामिलामा एसियाको प्रभावकारी भूमिका बढाउन प्रयत्नशील रहदा, विश्वका गम्भीर समस्या समधान गर्न समेत नेतृत्वदायी भूमिका खेल्ने संकल्प गर्नुपर्ने बताएका हुन् ।

सबै द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय अन्तराष्ट्रिय मञ्चका सरोकारवालाहरुसंग साझा चासो र पारस्परिक लाभका बिषमा सहकार्य गर्न चाहेको उनले बताए । विदेश मामिलामा सार्वभौम समानता, पारस्परिक लाभ, न्याय र निष्पक्षताले निर्देशित गरेको भन्दै उनले सबैसँग मित्रता, छैन कसैसंग शत्रुता भन्ने सिद्धान्तमा एमालेको अटल विश्वास रहेको धारणा राखे ।

अध्यक्ष ओलीले नेपालमा परिपूर्ण लोकतन्त्रकोे अवधारणा अवलम्वन गर्दै नेपाली जनताको सुख र समृद्धिको आकांक्षा पुरा गर्नुलाई सवैभन्दा ठूलो कार्यभार मानेको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालमा राजनीति र राजनीतिक दलको निरन्तर प्रयत्नबाट मुलुकमा आत्म–निर्णयको अभ्यास गर्न सक्षम भएको र मानवअधिकार र मौलिक स्वतन्त्राको प्राप्ति सम्भव भएको बताए ।

उनले राजनतिक स्थायीत्व हासिल गर्दै आर्थिक विकासको बाटो पहिल्याउने तथा आन्तरिक स्थीरता र बाह्य सुरक्षा कायम राख्न सक्ने मुलुक नै समृद्धशाली राज्य भएको जिकिर गरे । सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्धाभव तथा सहयोगको भावना प्रवद्र्धन गर्न राजनीतिक दलहैको असाधारण भूमिका हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्