Logo
Logo

अब यो गठबन्धन पूरै कार्यकाल चल्छ : प्रधानमन्त्री


1.2k
Shares

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोशी प्रदेशबाट गठबन्धन भत्काउनका लागि भएको षड्यन्त्र निस्तेज पारेको बताएका छन् । आइतबार चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दावी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको समेत टिप्पणी गरे ।

‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन्’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विछिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग सहमति गरेपछि त्यो षड्यन्त्र निस्तेज पारिएको बताउँदै भने, ‘अब यो गठबन्धन पूरै कार्यकाल चल्छ ।’

प्रतिक्रिया दिनुहोस्