Logo
Logo

कुनै हालतमा यो गठबन्धन सरकार ढल्दैन : अध्यक्ष नेपाल


756
Shares

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनैपनि हालतमा नढल्ने दाबी गरेका छन् । वीरेन्द्रनगरमा आइतबार आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको भएपनि त्यो सम्भव नहुने बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘कोशी प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो । गठबन्धन सरकार ढाल्न कसैले सक्दैन ।’ पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकमा व्याप्त बेथितिविरुद्ध जागरण अभियान सञ्चालन गरेको स्पष्ट गर्दै अध्यक्ष नेपालले जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले विभिन्न कालखण्डमा आफूले नेकपा एमाले निर्माणमा योगदान गरेको बताए । जागरण अभियानमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालालगायत नेताले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्