Logo
Logo

गाजापट्टी कब्जा गर्नु इजरायलका लागि ठूलो भुल : बाइडेन



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजापट्टी कब्जा गर्नु इजरायलका लागि ठूलो गल्ती हुन सक्ने बताए।

अमेरिकी टेलिभिजन सीबीएससँगको कुराकानीमा बाइडेनले हमासले प्यालेस्टाइनको प्रतिनिधित्व नगर्ने भएकाले गाजापट्टी कब्जा गर्नु हमासविरुद्धको जित मात्र नहुने बताए। उनले हमासलाई खतम पारेर प्यालेस्टाइन राज्यका लागि मार्ग प्रसस्त गर्नुपर्ने आजको आवश्यकता रहेको बताए।

उनले अन्तवार्तामा भने, ‘हमास र हमासका चरमपन्थी लडाकुले सबै प्यालेस्टाइनीको प्रतिनिधित्व गर्दैनन्, तयसैले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ।’ बाइडेनले युद्धको नियममा रहेर इजरायलले हमासविरुद्ध कारबाही गर्नुपर्ने बताए।

पछिल्लो तथ्यांकअनुसार इजरायलमा हमासको आक्रमणमा परी ३० अमेरिकीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्, केहीलाई हमासले बन्धक बनाएको छ।

यसैबीच इजरायलको आक्रमणमा प्यालेस्टाइनमा २ हजार ४ सय ५० जनाको मृत्यु भएको छ। एक हजारभन्दा बढी मानिस भत्किएका घरहरुमा बेपत्ता छन्। इजरायलमा हमासले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। योसहित दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ४ हजार नजिक पुगेको छ।

प्रतिक्रिया दिनुहोस्