
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने भन्दै गलत सूचना प्रवाह भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना ः लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चूनौती’ बिषयक कार्यक्रममा खड्काले सेनाको नियमावली चलाएर अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च भन्दै गलत सूचना फैलाइएको बताएका हुन् ।
उनले सेनाको नियम प्रक्रिया अनुसार उमेर र अवधिले भ्याउँदा पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था रहेको स्पष्ट पारे । सैनिक नियमका आधार भन्दा दायाँबायाँ सरकार जाने कल्पना पनि गर्न नसकिने भन्दै खड्काले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको जिकिर गरे ।
गलत सूचनाका आधारमा बनेको समाचारले भ्रम सिर्जना गरेको उनले बताए । उनले वर्तमान सरकारले मुलुकको संविधान ऐन कानून नियम दायावाया गर्ने कल्पना पनि गर्न नसक्ने जिकिर गरे ।














