Logo
Logo

कोसीका विषयमा छलफल गर्न देउवाले बोलाए बैठक


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोसीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् ।

सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा. शेखर कोइराला पक्षले कोसीमा विद्रोह गरेको थियो । सोहीबारे छलफल गर्ने सभापति देउवाले आज दिउँसो चार बजे धुम्बाराहीस्थित निवासमा बैठक राखेका हुन् ।

कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् । कांग्रेसका आठ जनाले विद्रोह गरि केन्द्रीय गठबन्धनविरुद्ध उत्रिएका थिए । कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् ।

देउवाले बोलाएको बैठकमा उपसभापति धनराज गुरुङ भने अनुपस्थित रहने भएका छन् । इण्डोनेसिया भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्