Logo
Logo

मुख्यमन्त्री कार्की विश्वासको मत लिन किन हतारिए ?


2.2k
Shares

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कातिक १ गते अर्थात बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भइ आइतबार सपथ लिएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेसबाट विद्रोह गरेका ८ जना र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता गठबन्धनले दिँदै आएको दबाबबीच एमालेसहितको सरकार गठन गरेका छन् । एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले विना विभागीय मन्त्री नियुक्त गरेर सपथ लिएपछि विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा जोगाउन र मध्यावधि निर्वाचन रोक्न कांग्रेसका प्रदेश सांसदले गरेको विद्रोह र गठबन्धनका कारण सत्ताबाट बाहिरिनु परेको अवस्थामा पनि कांग्रेस सांसद कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेले दिएको समर्थनलाई संस्थागत गर्न प्रदेश सांसदहरूले दबाब दिएपछि उनी तत्काल विश्वासको मत लिने पक्षमा पुगेका हुन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई सोमबार दिएका हुन् । नियमअनुसार विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिन अगाडि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्