Logo
Logo

समाजवादी मोर्चा गठन भएपछि कतिपय पार्टीको सातो गएको छ : अध्यक्ष नेपाल


504
Shares

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दल एक भएर समाजवादी मोर्चा बनेपछि देशमा तरंगित भएको बताएका छन् । अध्यक्ष नेपालले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले मोर्चा बनाइएको बताउँदै त्यसले कतिपय पार्टीको सातो गएको दावी गरेका हुन् ।

सोमबार समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘चार दल एकतावद्ध भएपछि देशमा तरंग पैदा गरेको छ ।’ उनले नाम नलिइ एमालेप्रति लक्षित गर्दै भने, ‘कतिपय पार्टीको झण्डै सातो गएको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफूहरुले एकअर्काको विचारको सम्मान गर्ने भएकाले कोही पनि मोर्चाबाट डराउन नपर्ने बताए । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि कम्युनिस्ट भएको दाबी गर्दै भने, ‘उपेन्द्रजी पनि खाँटी कम्युनिस्ट हो, यो देशका पुरानो कम्युनिस्ट नै हुन् ।’

प्रतिक्रिया दिनुहोस्