Logo
Logo

गगन र विश्वप्रकाशले भने- कोशी घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ


2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठन घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् ।

सोमबार सभापति देउवाले कोशी घटनाबारे छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए । छलफलपछि महामन्त्रीद्वयले कोशीमा अहिले परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको बताए ।
कोशीमा कांग्रेसममा विद्रोह गरेका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । र, हाल उनी मुख्यमन्त्री नियुक्त भएका छन् ।

कांग्रेस सभापति देउवाले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि सहमति जनाएपछि शेखर पक्षका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘अहिले जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । किन यो प्रकारको दुर्घटना भयो, । यसको सबैभन्दा ठूलो जिम्मेवारी सभापतिले लिनुपर्छ ।’

कोशीमा सरकार गठनको विषयमा सभापति देउवाले कोशीबाटै प्रतिनिधित्व गर्ने आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा। नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नगरेको शर्माको भना छ ।

‘कुनै प्रदेशमा कांग्रेसको भाग थिएन, गठबन्धनमा सम्मानजनक आलोपालो भन्ने छ’ शर्माले भने, ‘सभापतिले संस्था चलाउने कुरामा फरक विचारलाई सुन्ने र समन्वय गर्ने कुरा नगर्ने र फरक विचार समूहका नेताले पनि आफ्नै समूहभित्र पनि छलफल नगर्ने परिपाटी देखियो ।’

प्रतिक्रिया दिनुहोस्