काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सल्लाह नै नगरी मन्त्रिपरिषद्मा एमालेलाई सहभागी गराएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा रुष्ट भएका छन् ।
आफ्नै निवास धुम्बाराहीमा आज पार्टीका उपसभापति र महामन्त्रीहरूसँग छलफल गरेका सभापति देउवाले कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले गरेको मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि जनाएका हुन् ।

देउवाले गठबन्धनले नै समर्थन गर्ने बताइरहेका बेला कार्कीले मन्त्रिपरिषद्मा एमालेलाई समावेश गरेर पार्टीको निर्णय र पद्धतिको अवज्ञा गरेको बताएका थिए ।
कार्कीले गल्ती नसच्याए विश्वासको मत दिने विषयमा पनि सोच्नुपर्ने देउवाको भनाइ कार्कीले गल्ती नसच्याए विश्वासको मत दिने विषयमा पनि सोच्नुपर्ने देउवाको भनाइ थियो ।
त्यस्तै महामन्त्रीद्वयले कोसीमा मुख्यमन्त्री बनाउने विषयमा सभापति देउवाले कोसीबाटै प्रतिनिधित्व गर्ने नेताहरू छलफल नगरेको भन्दै आपत्ति जनाएका छन् ।
बैठकमा महामन्त्रीद्वयले बालुवाटारमा भएको तीन नेताबीचको हस्ताक्षर भएको चिर्कटोप्रति आपत्ति जनाएका थिए । उनले प्रधानमन्त्री प्रचण्ड र देउवाले गठबन्धनलाई निरन्तरता दिन्छु भनेर वक्तव्य दिनु उपयुक्त नभएको बताए ।
महामन्त्री शर्माले कुनै प्रदेशमा कांग्रेसको भाग नभएको भन्दै कोसीको विषयमा भएको घटनाको जवाफ डा. शेखरले पनि दिनुपर्ने धारणा राखे ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । तर, कांग्रेस भने विश्वासको मत दिने नदिने विषयमा अनिर्णीत छ ।














