Logo
Logo

पत्रकारलाई गोताखोर तालिम, सशस्त्रका डिआइजी पोखरेलको अनेक धन्दा



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका केही अधिकृतहरू यस्ता पनि छन्– आफूलाई सादगी ठान्छन तर, भित्रभित्रै अपारदर्शी क्रियाकलापमा संलग्न हुन्छन् । आफूलाई भावी आइजीपी ठान्ने यस्तै पात्र हुन् कोशी (बराह बाहिनी)का प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेल । उनले मातहत निकायमा भाषण गर्दा वा निर्देशन दिँदा आर्थिक अनुशासनको पाटोमा सशस्त्र प्रहरीको बर्दी लगाएका मान्छेले एक पैसा पनि नखाने भन्दै हिँड्ने गरेका छन् ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) अञ्जनीकुमार पोखरेल । फाइल तस्बिर

उनले आफ्नो प्रचारका लागि अनेकन कार्य गर्ने गरेका छन् । तर, उनकै क्षेत्रमा विकृतिको विकराल परिस्थिति सिर्जना भएको छ । घुुमुुवा खटाउनेदेखि काठतस्करीसम्मका अनेकन हर्कत भएका छन् ।

झापा, मोरङ, सुुनसरी तथा इलाम भारतसँग सीमा जोडिएका जिल्लामा उनका घुुमुुवाहरूले बोर्डर आउट पोष्टमै पुुगेर डिआइजीले अनुुगमनमा पठाएको भन्दै थर्काउने धम्क्याउने गरेका छन् । पछिल्लो पटक उनका घुुमुुवाले दुुःख दिएको भन्दै प्रहरी प्रधान कार्यालयमा पनि चर्चा चल्न थालेको छ ।

आफूू चर्चामा आउनका लागि प्रहरी प्रधान कार्यालयलाई नै चुनौती दिएर विपद व्यवस्थापनको तालिम दिएका पोखरेलले केही समयअघि मोरङका पत्रकारलाई लगेर कोशीमा डुुबाएका थिए । त्यसलगत्तै सशस्त्र प्रहरीले घुस खाँदैन भन्दै आफूनिकट रहेका प्रहरी कर्मचारीलाई घुुमुुवाको रुपमा खटाएका छन् ।

त्यतिमात्र होइन उनले बाहिनीपतिको जिम्मेवारी सम्हालेलगत्तै प्रहरी निरीक्षको कमाण्डमा घुुमुुवा खटाएर ड्यूूटीमा खटिएका प्रहरीमाथि नै निर्घात कुटाएका थिए । गत जेठमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राईले ड्युटी राम्रो नगरेको भन्दै झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्रमाथि कुटपिट गरेका थिए ।

ड्युटी राम्रो नगरेको र तस्करीलाई सघाएको भन्दै पोसाकमा ड्युटी गरिरहेका प्रहरीलाई कुटपिट गरेको घट्नामा निरीक्षक राई यतिबेला निलम्बनमा छन् । सो टोलीको कुटपिटबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दार रामबहादुर कार्की, गणेश तामाङ, सहायक हवल्दार शान्तबहादुर राई र जवान उमेश राजवंशी घाइते भएका थिए । उनीहरुलाई कुुटपीट गर्ने राई अहिले निलम्बनमा छन् ।

राईलाई उनले संरक्षण गर्न सकेनन्, उनी भौतारिएर काठमाडाँैमा बसिररहेका छन् । तर, डिआइजी पोखरेल भने पुुरानै शैलीमा घुुमुुवा खटाएर बराह बाहिनीको कमाण्ड गरिरहेका छन् ।

साथै बोर्डर आउटपोष्ट (बीओपी)मा आफू निकटका कर्मचारी खटाउन उनले भैरहेका र सरुवाको समय अवधि समेत नपुुगेका कर्मचारीलाई विभिन्न बहाना बनाएर फिर्ता पठाउने दुुःख दिने काम गरिरहका छन् ।

सशस्त्र प्रहरीले घुस नखाने प्रतिबद्धता जनाएको साता बित्न नपाउँदै उनैले घुमुवाका रूपमा झापामा खटाएका सशस्त्र प्रहरी सहायक निरीक्षक सिद्धार्थ कुँवर (सिकेन्द्र) ले तस्करीको सेटिङ मिलाउने र रकम असुल्ने गरेको खुलेको छ ।

डिआइजी पोखरेल आफैंले खटाएका प्रहरी सहायक निरीक्षक कुँवरले झापामा अवैध असुलीका लागि सेटिङ मिलाउने काम गरेको पाइएको हो । डिआइजी पोखरेलले विश्वास पात्रका रूपमा खटाएका सिकेन्द्रले असुली धन्दा चलाउने गरेको खुलासा भएको हो ।

डिआइजीबाट परिचालित घुमुवा सिकेन्द्र आफैंले तस्करीमा संलग्न साना कारोबारीका सबै कारोबार ठप्प पार्दै ठूला कारोबारीसँग मात्र साठगाँठ गर्ने र सामान वारिपारि गर्ने प्रबन्ध मिलाउन सहयोग पु¥याउने गरेको स्रोतको दाबी छ ।

उनले माथिको आदेश भन्दै झापामा कार्यरत सशस्त्र प्रहरीलाई समेत दुःख दिने गरेको प्रहरी स्रोतको दाबी छ । जिल्लाको घुमुवा भएर काम गरिसकेका उनले भद्रपुर र काँकडभिट्टासहितका नाकाबाट भित्रिने र बाहिरिने सामग्रीको लाइन मिलाउने काम गर्दै आएको बताइन्छ । सोबापत उनले मोटो रकम असुल्ने गरेको स्रोतको दाबी छ । डिआइजी पोखरेलको विश्वास पात्र बनेका सिकेन्द्रको सरूवा सिन्धुपाल्चोक भए पनि उनी शक्तिको प्रयोग गर्दै झापामा बसेका छन् ।

डुबेर मुस्किलले बाँचेका पत्रकारहरूमा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता महाप्रसाद खतिवडा, क्यामरापर्सन शम्भु पोखरेल, कान्तिपुर दैनिकका देवनारायण साह, रेडियो नेपालका कुमुद अधिकारी, जितेन्द्र ठाकुरलगायत थिए । गोताखोर तालिमको प्रमुख डिएसपी वीरेन्द्र खनाल थिए ।

झापामा दबदबा जमाएर बसेका उनीसँग सशस्त्र प्रहरीका अधिकृतहरू नै हच्किने गरेका छन् । यता सशस्त्र प्रहरीसँगको मिलेमतोमा लामो समयदेखि हुँदै आएको काठ तस्करीको विषयमा डिआइजी पोखरेल मौन रहेका छन् ।

दक्षिणी इलामका सामुदायिक वन र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र पर्ने सामुदायिक वनबाट हुँदै आएको काठ तस्करी र अर्जुनधारा नगरपालिका–५, बाँसबारीस्थित भित्री सडकखण्डबाट काठसहित ट्र्याक्टर र अर्जुनधारा–३ निवासी ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँका ३८ वर्षीय रोहित घतानी घुस रकमसहित पक्राउ परेपछि घटना सार्वजनिक भएको थियो ।

यतिमात्र होइन राज्यकोषको पनि उनले दोहोन गरेका छन् । उनले गरेका घटनाक्रमहरू बाहिर नआउन भन्नका लागि पूर्वका पत्रकारलाई गाडीको सुुविधासमेत दिने गरेको स्रोतले जनाएको छ । खासगरी डिआइजी पोखरेलको लापरबाहीका कारण कात्तिकको तेस्रो साता पत्रकारहरू ठूलो दुघर्टनाबाट बचेका थिए । दुई दर्जन पत्रकारको झण्डै ज्यान गएको थियो ।

सुनसरीको पकलीमा आयोजित गोताखोर तालिममा आयोजक र आमन्त्रित पत्रकारहरूको असावधानीका कारण ठूलो दुर्घटना टरेको थियो । पोखरेल डिआइजी भएर पोकली गएपछि चितवनकै जस्तो गोताखोर तालिम गराएका थिए । सो तालिम केही हप्ता मात्रै चलेको थियो । जबकि, सशस्त्र प्रहरीमा बाहिनीमा आफै तालिम केन्द्र बनाउन पाइदैन । तर, उनले सशस्त्र मुख्यालयलाई चुुनौती दिँदै तालिम गराएका थिए ।

त्यसक्रममा कात्तिक १७ गते चतरामा तालिमको अन्तिम प्रवचन राखिएको थियो । कोशीका मुख्यमन्त्री केदार कार्की प्रमुख अतिथि थिए । त्यही क्रममा सुनसरी र मोरङका उनीहरुलाई डुंगा चढाउँदै उदयपुरतर्फको किनारमा पु¥याइएको र तालिमस्थलसम्म उनीहरुलाई सशस्त्र प्रहरीको गाडीमा हालेर लगिएको थियो ।

त्यसक्रममा नदीमा डुंगा डुुब्दा पत्रकारहरू बालबाल बाँचेका थिए । डुबेर मुस्किलले बाँचेका पत्रकारहरूमा कान्तिपुर टेलिभिजनका विराटनगर सम्वाददाता महाप्रसाद खतिवडा, क्यामरापर्सन शम्भु पोखरेल, कान्तिपुर दैनिकका देवनारायण साह, रेडियो नेपालका कुमुद अधिकारी, जितेन्द्र ठाकुरलगायत थिए । गोताखोर तालिमको प्रमुख डिएसपी वीरेन्द्र खनाल थिए ।

यस्तो गम्भीर विषयलाई पनि डिआइजी पोखरेलले लुुकाउन सफल भएका थिए । यही घट्नाक्रमलाई ढाकछोप गर्नका लागि पूर्वका पत्रकारलाई घुुम्न जान होस् वा घरबाट विमानस्थलमा जान होस् सशस्त्रकै गाडी प्रयोग गर्न दिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्